मुम्बई । अभिनेत्री कंगना रनौतले फिल्म ‘मर्णिकर्णिका रिटर्न’ को घोषणा गरेकी छन् । माघे संक्रान्तिको अवसर पारेर उनले सामाजिक सञ्जालमार्फत फिल्म घोषणा गरेकी हुन् । फिल्मको पहिलो सिरिज ‘मर्णिकर्णिका’ मा उनी रानी लक्ष्मीबाईको भूमिकामा देखिएकी थिइन् । फिल्मले राम्रो ब्यवसाय गर्नुको अलवा दर्शकले उनको भूमिका समेत रुचाएका थिए ।

यो फिल्ममार्फत कंगना फेरि एकपटक योद्धाको भूमिकामा देखिनेछिन् । उनले फिल्मको जानकारी दिँदै ट्वीटरमा लेखेकी छन्–‘हाम्रो भारतमा कयांै वीरंगनाको कहानी छ । यस्तै एक कहानी कश्मीरको एक रानी दिद्दाको पनि रहेको छ । जसले महमुद गजनवीलाई एक होइन दुईपटक हराएकी थिइन् ।’ कमल जैनर आफुले त्यही कहानी पर्दामा ल्याउन लागेको उनले खुलाएकी छन् ।

दिद्दा कश्मीरमा शासन गर्ने पहिलो महिला शासक हुन् । उनले १० देखि ११ शताब्दीसम्म कश्मीरमा शासन चलाएकी थिइन् । उनको एक खुट्टामा पोलियोको समस्या थियो । तर पनि उनी महान शासक र योद्धा थिइन् ।
फिल्मको निर्माता तथा निर्देशक कलम जैनले गर्न लागेका हुन् ।

कंगना छिट्टै फिल्म ‘थलाइवी’मा देखिनेछिन् । फिल्ममा उनले तमिलनाडुकी पुर्व मुख्यमन्त्री जया ललिताको भुमिका निर्वाह गरेकी छन् । यसको अलवा उनी फिल्म धाडक र तेजसमा पनि देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!