हिपमत डटकम

बुधबार, पौष २९, २०७७ || 782  पटक पढिएको

धनगढी । आगोमा जलेर घाइते भएका कैलाली स्थित घोडाघोडी नगरपालिका–७ करैचा गाउँका आमा छोराको उपचार हुन सकेको छैन । आर्थिक अभावका कारण २७ वर्षीया अल्पनादेवी चौधरी र उनका एक वर्षीय छोरा आर्यनको उपचारको लागि गुहार मागेका छन् । डेढ हप्ता अगाडि काखमा छोरा लिएर आगो ताप्ने क्रममा एक्कासी बेहोस भएर अल्पना छोरासहित आगोमा खसेकी थिइन् ।

आगोले पोलेर आमा छोरा दुवै जना घाइते छन् । अल्पनाको दुवै हात र एक वर्षीय उनको छोराको टाउको जलेको छ । तर, परिवारको आर्थिक समस्याका कारण उपचार गराइएको छैन । आगोमा खसेर शरिरको विभिन्न भाग जलेका दुवैको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था नाजुक भएकाले परिवारले उनीहरुको उपचार गराउन नसकेको जनाइएको छ ।

घरको आर्थिक अवस्था नाजुक भएका कारण परिवारले आमा, छोरा दुवैको उपचार गराउन नसकेको हितैषी आरती चौधरीले जानकारी दिइन् । उनले निःशुल्क उपचारका लागि सिफारिस बनाएर पीडित काठमाण्डौंको वीर अस्पताल पुगे पनि निःशुल्कमा उपचार नहुने भनिएपछि उपचार नगराइ फर्किएको बताइन् । काठमाण्डौंबाट फर्केर आमा, छोरा दुवै घरमै छटपटाइरहेको चौधरीले बताइन् ।

आर्थिक अभावका कारण घाइतेको उपचार गराउन नसकेका पीडितका परिवारले सहयोगका लागि याचना गरेका छन् । गरिबीका कारण उपचार गराउन नसकेको उल्लेख गर्दै पीडितकी सासु हुक्मीदेवी चौधरीले कतैबाट सहयोग पाए बुहारी र सानो बाबूको उपचार गराउने उल्लेख गरिन । पीडित द्वन्द्वपीडित परिवारका सदस्य हुन । News source :- Taja khabar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!