बरिष्ट फिल्म निर्देशक तुलसी घिमीरेलाई सलाइ डेस्टिनी प्रालिले दोश्रो पटक आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको छ ।
सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले सोमबार राजधानीमा सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभामा निर्देशक घिमीरेलाई पुनः ब्राण्ड एम्बेस्डर चयन गरिएको जानकारी दिएका हुन् । सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सूनचाँदीको दैनीक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ । नेपाल सूनचाँदी ब्याबसायि महासंघको सहकार्यमा नेपालका करिब सबै जिल्लाका सूनचादी पसलमा सलाइ डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ ।
साधारण सभामा सलाई डेस्टिनीका अध्यक्ष सिनालले आफ्नो कम्पनीले बहुराष्ट्रिय कम्पनी सलाइ होल्डिङ्स (भारत) सँग सहकार्य गरेको बताउदै निकट भबिष्यमै सुरक्षण सुचक यन्त्र, सुन, चाँदी र हिरा जोख्ने तराजु, पैसा गन्ने मेसिन,मिनी सोलास सिस्टम, ज्वेलरी प्याकिंग बक्सलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी दिए । सलाई डेस्टिनीकी मार्केटिङग तथा सेल्स इन्चार्ज पवित्रा खड्का,महेन्द्र खनाललगायतले कम्पनीको आर्थिक अबस्था र प्रगतिको बारेमा बोलेका थिए । उनीहरुले गत बर्षको तुलनामा कम्पनीले ६ गुणा बढी प्रगति गरेको जानकारी दिए ।
ब्राण्ड एम्बेस्डर, निर्देशक घिमीरेले सलाइ डेस्टिनीले छोटो समयमै निकै राम्रो प्रगति गरेको सुनाउदै यो कम्पनीसँग सहकार्य गर्न पाउदा खुशी लागेको बताए । कार्यक्रममा नेपाल सूनचाँदी ब्याबसायि महासंघका नवनियुक्त अध्यक्ष मणिकरत्न शाक्य, पूर्वअध्यक्ष मणिरत्न शाक्य,बागमति प्रदेश सभापति ज्योतिरत्न बज्राचार्य,नेपाल कपडा तथा सिलाई ब्याबसायि महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, बरिष्ट अधिबक्ता तथा कम्पनीका सल्लाहकार दिनेश त्रिपाठीलगायतले कम्पनी र संचालकलाई अझ धेरै प्रगतिको कामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!