काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेपछि मौन रहेका नेकपाका नेता सुभास नेम्बाङले ओलीको साथ छोड्न सक्ने संकेत गरेका छन् । अहिले सम्म खुलेर प्रधानमन्त्री ओलीको कदमको समर्थन नगरेका उनी मौन बसेका छन् ।

यद्धपी उनलाई ओलीकै विश्वासपात्रका रुपमा हेरिएको छ । नेता नेम्बाङले प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्न नहुने सुझाव आफुले दिएको र त्यो सुझाव ओलीले नमानेको सार्वजनिक अभिब्यक्ति भने दिएका छन् ।

स्रोतका अनुसार सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने निर्णय नगरे उनले ओलीको साथ छोड्ने र नेकपा वरिष्ठ उपाध्यक्ष वामदेव गौतमको साथमा लागेर पार्टी एकताको अभियानमा लाग्ने संकेत गरेका छन् ।

अदालतमा विचाराधिक विषय भएकाले तत्काल आफुले यस बारेमा अभिब्यक्ति नदिएको उनको भनाई छ । तत्कालिन संविधान सभा अध्यक्ष रहेका नेम्बाङ सहित केही नेताहरु सर्वोच्चको फैसला पर्खिएर बसेका छन् ।

त्यसमा वामदेव गौतम पनि छन् । अर्का नेता प्रदिप ज्ञवालीले पनि ओलीको कदमलाई असंवैधानिक भनेपनि अहिले उनी ओलीकै पक्षमा खुलेर लगेका छन् । नेम्बाङको साथमा रहेका नेताहरु भने सर्वोच्चको निर्णय पछि ओलीको साथ छोड्ने मनस्थितिमा पुगेको बताइएको छ ।

१६ महिनाअघि एक कार्यक्रममा नेम्बाङले अहिलेको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नभएको बताएका थिए । तर, प्रधानमन्त्री केपी ओलीले अनायास संसद विघटन गरे पछि उनी मौन बसेका थिए ।

नेम्बाङले आफ्नो पुरानो भनाइ प्रष्ट रहेको र त्यो दृष्टिकोण अहिले पनि कायम रहेको बताएका छन् । नेम्बाङले भने ‘मेरो पुरानो भनाइ, त्यसमा मेरो प्रष्ट दृष्टिकोण, त्यही दृष्टिकोणमा प्रधानमन्त्रीलाई सल्लाह दिएको हो । प्रधानमन्त्रीले आफ्ना तर्क राखेर विघटनमा जानुभयो ।’

तर, अहिले मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र त्यसलाई असर पर्ने भएकोले पनि आफु नबोलेको उनले बताए । नेम्बाङले भने, अहिले सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यसमा असर पर्छ भनेर नबोलेको हो । फैसला भएको भोलिपल्ट म सबै कुरा भन्छु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!