हिपमत डटकम

शुक्रबार, पौष २४, २०७७ || 702  पटक पढिएको

फिल्म अभिनेत्री प्रियंका चोपडा आफ्ना श्रीमान् निक जोनससँग लण्डनमा कोरोना लकडाउनका कारण फसेकी छिन् । अब उनले जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी आमा मधु चोपडासँग लकडाउनको नियम तोडेको बताइएको छ । यद्यपि, प्रियंका चोपडा र जोश वुडमाथि जरिवाना भने लगाइएको छैन ।

प्रहरीका प्रवक्ता मेल अनलाइनसँगको कुराकानीमा प्रहरीलाई बेलुका ५ः४० मा यसबारे जानकारी दिइएको बताए । हेयर ड्रेसरले लकडाउनको नियम उल्लंघन गरेको बताइएपछि प्रहरी सैलुनमा पुगेको र सैलुनका मालिकलाई कोभिड–१९ सँग सम्बन्धित सबै नियम पालना गर्न निर्देशन दिइएको जनाइएको छ । उनीमाथि कुनै जरिवाना नतोकिएको पनि जानकारीमा उल्लेख छ ।

सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युकेमा लकडाउनको घोषणा गरेका छन् । प्रियंका चोपडा बाहिर निस्कनु नै नियमको उल्लंघन बताइएको छ । सोमबार प्रधानमन्त्रीले बेलायतमा बस्ने सबैलाई नियमको कडासँग पालना गर्न निर्देशन दिएका थिए । प्रियंकाले भने बुधबार लकडाउनको नियम तोडेकी हुन् । उनी सैलुनमा हेयर अपोइन्टमेन्टका लागि गएकी थिइन् । बोरिस जोनसनले आफू पुनः एकपटक देशव्यापी रुपमा लकडाउन लागू गर्न बाध्य भएको जानकारी दिएका थिए । लकडाउनको नियम उल्लंघन गर्नेलाई १० हजार पाउन्डसम्मको जरिवाना लाग्न सक्ने पनि बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!