हिपमत डटकम

शुक्रबार, पौष २४, २०७७ || 616  पटक पढिएको

काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमार्फत शुक्रबार सो समूहले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएको हो । उक्त समूहको काठमाडौं जिल्ला कमिटीले जुलुससहित जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको छ ।

त्यस्तै रौतहटमा पनि उक्त समूहले प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर उक्त समूहका जिल्लास्तरीय नेता कार्यकर्ताहरुले संविधान पुस्तक र ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई पठाएका हुन् । उता, दोलखामा पनि प्रचण्ड-माधव पक्षका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएका छन् ।

सदरमुकाम चरिकोटमा आयोजित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चारमन्त्री पार्वत गुरुङको आगमनको विरोधमा आयोजित र्यालीपछि उक्त समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक र ज्ञापनपत्र पठाएको हो । त्यसअघि उनीहरुले मन्त्रीद्वयलाई कालो बेलुन देखाएर विरोध गरेका थिए । अन्य जिल्लाहरुमा पनि सो समूहले प्रधानमन्त्रीलाई संविधान पुस्तक र ज्ञापनपत्र पठाउँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!