बलिउड नायिका करिना कपुर खान गर्भावस्थामा पनि आफ्नो पूरा ध्यान काम प्रति नै केन्द्रीत गर्छिन् । उनी दोस्रो पटक आमा बन्दैछिन् । उनका छोरा पनि छन् – तैमुर । तैमुर सम्भवतः स्टार किडमध्ये सबैभन्दा बढी चर्चित छन् ।

अब नायिका नारा फतेहीले तैमुरसँग विवाह गर्न इच्छा व्यक्त गरेकी छिन् ।

करिना कपुरको शो ह्वाट वुमन वान्ट थ्री मा नोरा फतेह पाहुनाको रुपमा पुगिन् । करिनाले उनलाई सेफ र आफूलाई उनको डान्स मुभ्स अत्यधिक मन पर्ने गरेको बताइन् ।

यसको जवाफमा नोराले करिनालाई विवाहको प्रस्ताव नै राखिदिइन् । नोरा भन्छिन्, ‘मलाई आशा छ कि तैमुर जब चाँडै नै हुर्किनेछन् तब हामी मेरो र उनको (तैमुर) को इन्गेजमेन्ट वा विवाहबारे सोच्नेछौं ।’

यसको जवाफ दिँदै करिना भन्छिन्, ‘उनी अहिले चार वर्षका मात्रै छन् । यसमा धेरै नै समय लाग्नेछ ।’ त्यसपछि नोराले हाँस्दै भनिन्, ‘केही छैन, म प्रतिक्षा गर्नेछु ।’

नोरा फतेह क्यानाडेली डान्सर हुन् । उनी ‘ओ साकी साकी’ नामको गीतमार्फत् अत्यधिक चर्चामा आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!