वीरगञ्ज महानगरपालिका–१९ स्थित परवानीपुरबाट प्रहरीले १ सय १४ किलो चरेश बरामद गरेको छ । मकवानपुरको पालुङबाट वीरगञ्ज आएको ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट चरेश बरामद गरिएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताए ।
प्रदेश–२ प्रहरी कार्यालय र विपद् व्यवस्थापन गुल्म पर्साबाट खटिएको टोलीले सो चरेश बरामद गरेको हो । कन्टेनरमा फल्स बटम बनाएर कारोबारीले सो चरेश मकवानपुरबाट वीरगञ्ज लगेका थिए ।
कन्टेनर चालक मकवानपुरको पालुङ नगरपालिका–११ घर भएका रबिन तामाङलाई प्रहरीले पक्रेको छ ।