हिपमत डटकम

बुधबार, पौष २२, २०७७ || 1072  पटक पढिएको

सिरहा मिर्चैया नगरपालीका वडा नं. ३ निवासी हाल विराटगनर वस्ने नितिन चन्द्र गजुरेल जो मिर्चैया सिरहामा गवैया वावुको नामले चिनिन्छ उनको नयाँ रोमान्टिक मैथली गिता यसै साता उनको आफ्नै युट्युव च्यानल मार्फत रिलज भएको छ । गितको वोल नैना नुकाकजे तकलौं रहेको गायक नितिन चन्द्र गजुरेलका सहकर्मी शम्भु प्रभाकरले यो गित छोटो समयमानै अत्याधि स्रोताहरुले हेरेर मन पराउनु भएको छ भन्ने जानकारि दिनु भयो ।

मोफसलमा रहेर नेपाली र अन्य भाषाभाषीका गीत संगीत मार्फत क्रियाशील गायक नितिन गजुरेलले आफ्नो नयाँ रोमान्टिक गित नैना नुकाकजे तकलौं’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गितमागायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ। अहिले यो गजल वहाँको गाउँ सिरहाको विभिन्न कार्यक्रम र युवा युवतीहरु गुन गुनाइरहेको पइएको छ ।
नितन चन्द्र गजु्ेलकै संगीत संयोजन रहेको नैना नुकाकजे तकलौं को भिडियोको निर्देशक बुद्ध थापा, । काठमाडौंमा सुटिङ यस गीतको भिडियोमा अहिलेका चर्चित कलाकार जोडी अशाक कुमार यादव र अञ्जिली अधिकारीलाई देख्न पाइन्छ ।
उक्त गीतमा प्रेम को भाव लाई समेटिदै छायांकन गरिएको उक्त गजलले राम्रो चर्चा बटुल्न सकिने गायक नितिन गजुरेलको बिस्वाश रहेको छ ।
लामो समयदेखि गीत संगीतमा क्रियाशील गायक गजुरेलले यसअघि दिलके डायरी, आँखाले हेर्यौ, झुक्याएरै किन होला, आकाशका तारा, लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन्। कोरना कहरबीच निकै मिहिनेतका साथ बनाईएको यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!