हिपमत डटकम

बुधबार, पौष २२, २०७७ || 894  पटक पढिएको

मोरङको लेटाङ नगरपालिका-२ चिसाङ पुल छेउबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे लेटाङ नगरपालिका-४ का २६ बर्षीय बिकेन राई, १६ बर्षीय शिसिर घिमिरे, २५ बर्षीय राज कुमार लिम्बु र लेटाङ नगरपालिका-३ की २२ बर्षीया अनु राईलाई पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले लागुऔषध फेनारामाईन २० ट्याब्लेट, फेनारागन २० ट्याब्लेट, लुपिजेसीक २० एम्पुल र डाईजेल्याव १९ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!