हिपमत डटकम

मंगलबार, पौष २१, २०७७ || 738  पटक पढिएको

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीबीचको प्रेम सम्बन्धको बारेमा खबरहरु बाहिर आएका छन् । दुवैजना प्रायः एकस्थानमा पुग्छन् । दिशा र टाइगरले नयाँ वर्ष एकसाथै मनाएका थिए । हालसम्म दिशा र टाइगरले आफुहरुबीच भएको सम्बन्ध अफिशियल गरेका छैनन् ।

तर, भर्खरै अनिल कपुरले दुईजना प्रेम सम्बन्धमा भएको इशारा गरेका छन् । अनिलले गल्तीले बोलेका कुराले दुवैजना प्रेम सम्बन्धमा रहेको पक्का भएको छ । वास्तवमा भर्खरैमात्र अनिल कपुर ‘द कपिल शर्मा’ शोमा पुगेका थिए । उनले उक्त शो मा टाइगरसँग दिशा पटानीको नाम जोडेर सबैको सामुन्ने सम्बन्ध भएको अफिशियल गरिदिएका छन् । कपिल शर्माले अनिल कपुरसँग केही प्रश्न सोधेका थिए । जसको जवाफ दिँदा अनिलले ठुलो गल्ती गरे । कपिलले कुन कलाकारको किचनमा गएर खानाको परिकार चोरेर खानु भएको छ भनी अनिललाई प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले टाइगर श्राफको नाम लिए ।

अनिलले टाइगरको किचेनमा दिशा पटानीले काम गरिरहेको समयमा उनले डाइट लिएको बताए । तर, उनले टाइगरसँग काम गर्ने मौका अहिलेसम्म नमिलेको पनि बताएका थिए । पछि भने अनिलले आफ्नो कुरा तुरुन्त मिलाउन थाले टाइगर र दिशा राम्रो साथी भएकोले दिशासँग डाइट लिएको बताए । भर्खरै नयाँ वर्षमा दिशा र टाइगर मुम्बई एयरपोर्टमा देखिएका थिए पछि दुवैजना मालदिभ्सबाट फोटो शेयर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!