हिपमत डटकम

मंगलबार, पौष २१, २०७७ || 711  पटक पढिएको

श्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका बाराका धिरेन्द्र साहलाई पक्राउ गरेको हो । साहबाट प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

साह बारा सिम्रोनगढ नगरपालिका वाड नं–१ बस्ने लक्षमण साहको छोरा भएको बुझिएको छ । साहले बोकेको झोला खोली चेकजाँच गर्दा भारतबाट ल्याएको स्रोत नखुलेको अबैध नेपाली रुपैयाँ आठ लाख फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले जानकारी दिए । साहलाई रकमसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आजै गौर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर राकेश यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!