हिपमत डटकम

मंगलबार, पौष २१, २०७७ || 808  पटक पढिएको

बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध कोरोनाको नियम तोडेको भन्दै ऊजुरी दर्ता भएको छ । यी तीनैजना डिसेम्बर २५ मा संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारत फर्किएका थिए । उनीहरु इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नुको साटो आफ्नो घर गए । यद्यपि, उनीहरु तिनैजनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । अनुसन्धानपश्चात् प्रहरीले सोमबार तीनजना विरुद्ध ऊजुरी दर्ता गरेको छ ।

होटल ताज ग्रान्डमा मिलाइएको थियो बन्दोबस्तः

स्रोतका अनुसार उनीहरु तीनैजनाको इन्स्टिच्युशनल क्वारेन्टिनको बन्दोबस्त मुम्बईको ताज ग्रान्ड होटलमा मिलाइएको थियो । उनीहरु त्यहाँ १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्दथ्यो तर उनीहरु भोलिपल्टै अर्थात् २६ तारिखमा नै होटलबाट घर गए । त्यसपछि मुम्बई महानगरपालिका (बीएमसी) ले तीनजनाविरुद्ध ऊजुरी दर्ता गरेको छ ।

https://twitter.com/ANI/status/1346118577032634370एक हप्तासम्म अनुसन्धान गरियो । उनीहरु तीनैजनाको बयान पनि लिइएको छ । त्यसपछि नियम तोडेको आरोपमा ऊजुरी दर्ता भएको हो । महाराष्ट्रमा बेलायत, युरोपेली देश र यूएईबाट आउने सबै यात्रीलाई १४ दिनको इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!