हिपमत डटकम

शनिबार, पौष १८, २०७७ || 805  पटक पढिएको

नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु नौ जना बेपत्ता भएका छन् ।राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राती पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।

पहिरोका कारण मानवीय क्षतीसँगे भौतिक संरचनामा पनि ठूलो क्षती भएको छ । घर तथा अन्य भवनहरु समेत नष्ट भएको छ ।“पहिरो गएको ठाउँबाट एक जनाको शव निकालिएको छ भने अरु बेपत्ता भएकाहरुको खोजी भइरहेको छ,” एक प्रहरी अधिकारीले भने ।

घटनास्थलमा हिँउ परिरहेकोले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएकाहरुले बताएका छन् । प्रहरीले केही दिन अगाडि नै पहिरोमा परी कुल १० जना बेपत्ता भएको जनाएको थियो । बेपत्ता भएका मध्ये आठ जना वयस्क उमेरका रहेका छन भने एक जना दुई वर्षको रहेका छन् ।
नर्वेका सञ्चार माध्यमहरुले उनीहरुको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्सहरु परिचालन गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!