हिपमत डटकम

शुक्रबार, पौष १७, २०७७ || 773  पटक पढिएको

नाइजेरियामा यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ । सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको उत्तरी बोर्नो राज्यमा भएको यहाँको सेनाको कारबाहीमा परी सो ती बोको हराम मारिएका हुन् ।

बुधबार ताम्बुनगिनी भन्ने स्थानमा यहाँका बोको हरामहरु लुकेर बस्ने गरेका छन् । उनीहरुले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाई कारबाही गरेको थियो । सो कारबाहीमा परी कैयौं बोको हराम मारिएको यहाँको सेनाले जनाएको छ तर के कति संख्यामा मारिएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

बोको हरामहरुले यहाँको उत्तरी बोर्नो राज्यमा सन् २००९ देखि नै हिंसा गर्दै आएका छन् । सो क्षेत्रमा उनीहरुले इस्लामिक स्टेटहरुलाई स्थापित गर्न खोजेका छन् । तर सरकारको पटक पटकको कारबाहीका कारण यो सम्भव हुन भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!