हिपमत डटकम

शुक्रबार, पौष १७, २०७७ || 616  पटक पढिएको

धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।

प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको बताए । मिश्रले भने, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौँ । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।” बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!