हिपमत डटकम

शुक्रबार, पौष १७, २०७७ || 703  पटक पढिएको

अवस्था सामान्य छँदा किम जोङ उनले भव्य समारोह आयोजना गरेर जनतालाई नयाँ वर्षमा सम्बोधन गर्ने गरेका थिए । तर यसपटक कोराना महामारीले अलग अवस्था निम्त्याइदियो । त्यसैले उनी नयाँ वर्षका अवसरमा आफ्ना बाबु र हजुरबाबुको समाधिस्थल पुगे । उनले नयाँ वर्षको उपलक्ष्यमा देश र जनताका नाममा पत्र लेख्दै शुभकामना भने व्यक्त गरेका छन् । उनले आफुमाथि गरेको विश्वास र समर्थनका लागि जनतालाई ‘धन्यवाद’ दिए ।

जनताको नाममा लेखिएको आफ्नो पत्रमा किमले आफुलाई जनताबाट मिलेको समर्थन र सत्तारुढ पार्टीप्रति देखाएको विश्वासका लागि धन्यवाद दिएका छन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले यसको जानकारी दिएको हो ।

‘म देशलाई त्यस्तो नयाँ युगमा लैजानका लागि कडा मिहेनत गर्नेछु, जहाँ हाम्रा मानिसको आदर्श र इच्छाहरु पुरा हुनेछन् । मुस्किल समयमा पनि हाम्रो पार्टीमाथि भरोसा गर्ने र समर्थन गर्ने मानिसहरुलाई म धन्यवाद् दिन्छुु,’ किमले चिट्ठीमा लेखेका छन्,‘म इमानदारीपूर्वक देशवासीहरुको खुसी र उनीहरुको स्वास्थ्यको कामना गर्दछु ।’

किमले २०११ देखि उत्तर कोरियाको सत्ता सम्हालिरहेका छन् । त्यसअघि उनका बाबु किम जोङ इल उत्तरका सर्वोच्च नेता थिए । किमको कार्यकालमा उत्तर कोरियाले प्राकृतिक विपद्, अमेरिका नेतृत्वका देशहरुले लगाएको प्रतिबन्ध तथा परमाणु कार्यक्रममाथिको गतिरोध लगायतका विभिन्न चुनौतीहरु सामना गर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!