हिपमत डटकम

बिहिबार, पौष १६, २०७७ || 654  पटक पढिएको

प्रदेश १ मा नेकपा गुठगत झगडा उग्ररुप लिन थालेको छ । नेकपा ओली समुह र नेपाल–दहाल समुहले विज्ञप्ति निकालेर एकले–अर्कालाई हटाउन सुरु गरेका छन ।
नेकपा ओली समहुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ सांसदलाई कारवाही गरेका छन्, भने नेपाल–दाहाल समुहले मुख्यमन्त्री शेरधन राईलाई संसदियदलको नेताबाट हटाएको छ ।
संसदियदलका प्रमुख सचेकत वुद्धिकुमार राजभण्डारीका अनुसार संसदीयदलकानेता राईले आफ्नो दललाई जानकारी नै नदिइ आफु विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको आरोप लगाउँदै १५ सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।


यता दाहाल–नेपालपक्षले संसदीयदलको नेताबाट शेरधन राइलाई हटाएको छ । नेकपाको दाहाल–नेपाल समूहले राईलाई प्रदेश १ को संसदीयदलको नेताबाट हटाएको हो । बिहीबार बसेको दाहाल–नेपालपक्षीय बहुमत सांसदको बैठकले राईलाई दलको नेताबाट हटाउँदै दाहाल–नेपाल समूहका भीम आचार्यलाई नेता चुनेर मुख्यमन्त्रीमा प्रस्ताव समेत गरिएको छ ।
नेकपा संसदीयदलका सचेतक राजभण्डारीका अनुसार मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने मध्ये १९ जनालाई स्पटीकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको हो । निलम्बलनमा पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आर्चाय, जीवन घिमिरे, इन्द्रबहादुर आङबो, बिजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहनकुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुमकुमारी श्रेष्ठ रहेको राजभण्डारीले जानकारी दिए ।


प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट छ । तत्कालीन एमालेका ५१, माओवादी केन्द्रका १६ गरी ६७, कांग्रेस २१, जनता समाजवादीका ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मन्चको १ सिट छ ।
प्रदेशमा सरकार बनाउन ४७ सिट आवश्यक पर्छ । अहिले सम्मकुनै समूहले एकलौटी सरकार बनाउन सक्ने अवस्था छैन् । दाहाल–नेपाल र ओलीपक्षलाई कांग्रेसको सहयोगको आवश्यकता पर्छ । तर कांग्रेस केन्द्रको निर्णय पर्खेर बसेको छ ।
राजभण्डारीका अनुसार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चारजना सांसद झलकवहादुर मगर, रामकुमार राई, तुलसीप्रसाद न्यौपाने र उषाकला राईले मौखिक जवाफ दिएकोले उनीहरूलाई कारबाही नगरिएको हो ।
मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूलाई हस्ताक्षर गराउने नेतृत्व थालेका आरोपमा शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङ्वोलाई पदवाट बरखास्त गरेको जानकारीमा आएको थियो । त्यसको भोलिपल्ट आईतबार दाहाल–नेपाल समूहका तीनमन्त्रीले पदबाट राजीनामादिएकाथिए ।
राजीनमादिएको २४ घण्टा वित्न नपाउँदै उनिहरुले प्रदेशसभा सचिवालयमा ३७ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि नेकपा प्रदेश संसदीयदलका उपनेता टंक आङ्बुहाङले मुख्यमन्त्री समेत रहेका राईलाई दलको नेताबाट हटाउन माँगगर्दै ३७ जनाकै हस्ताक्षर बुझाएका थिए ।
त्यसपछी आफ्नै दलका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावदर्ता गराएको भन्दै नेकपा संसदीयदलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले हस्ताक्षर गर्ने मध्येका १९ जनालाई २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन पत्रचार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!