सोमबार, पौष १३, २०७७ || 1349  पटक पढिएको

प्रदेश १ मा सर्वदलीय सरकार बन्ने प्रायः निश्चित भएको छ । नेकपा प्रचण्ड नेपाल समुह प्रदेश १ का नेता भिम आचार्यले सर्वदलीय सरकार गठन अहिलेको आवश्यकता भएको बताएका छन् । सोमवार नेकपाको प्रादेशिक कार्यालय तिनपैनी विराटनगरमा आयोजित पत्रकार सम्मेलमा नेता आचार्यले वर्तमान चुनौतीको सामना गर्न सर्वदलीय सरकार अवाश्यक भएको बताएका छन् । उनले वैशाखमा चुनाव हुन सक्ने अवस्था नरहेकोले आउँदो संकटको सामना गर्न हामी सबै संघियताका पक्षधरहरुलाई एक भएर अगाडी बढ्नु पर्ने भएकोले सर्वदलीय सरकारनै गठन हुने दाबी गरेका छन् । नेता आचार्यले आफ्नो समुहको बहुमत पुगेपनी मुलुकको चुनौतीलाई सामान्य बहुतको सरकारले मात्र सामना गर्न नसकने बताउदै सबै मिलेर वर्तमान चुनौतीको सामना गर्न सर्वदलीय सरकार अवाश्यक भएको बताएका छन् । पुर्व मन्त्रीआङबो सहित ३७ सांसदले मुख्यमन्त्री शेरधनराई विरुद्ध आईतबार अविश्वासको प्रस्ताव दर्ता गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!