हिपमत डटकम

सोमबार, पौष १३, २०७७ || 1020  पटक पढिएको

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईराला संसद बिघटन हुनुमा माधव नेपाल र प्रचण्ड समेत दोषी रहेको आरोपल लगाएका छन् ।

मोरङ क्षेत्र नं. ३ को आयोजनामा विराटनगरमा भएको विरोध सभालाई संबोधन गर्दै कोईरालाले यस्तो आरोप लागाएका हुन् । उनले विभिन्न निकायमा राजनीतिक नियुक्ती हुँदा समेत नबोलेका पुर्व प्रधानमन्त्री नेपाल र प्रचण्डलाई ओलीले भाग वण्डामा साझेदारी नबनाउँदा उनीहरु एकअर्काका विरोधी भएको बताएका छन् ।

स्थानिय विरेन्द्र सभागृह अगाडी बाट निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै महेन्द्र चौकमा सभा गरिएको थियो । विरोध सभामा डा. कोइराला सहित अर्का केन्द्रिय सदस्य डा. डिला संग्रौला प्रदेश १ प्रमुख सचेतक केदार कार्की सहितका नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।

पुष ५ गते प्रधानमन्त्री केपीओली र राष्ट्रपती विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनको विरोधमा नेकाँले देशभरी प्रदर्शन तथा विरोध सभा गर्दै आइ रहेको छ ।  रैलीमा केपीओली मुर्दावाद, नेपाली काँग्रेस जिन्दावादका नारा समेत लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!