हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 713  पटक पढिएको

इथियोपियामा सशस्त्र समूहले गराएको घटनामा परी मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुगेको छ । देशको पश्चिमी क्षेत्रमा पर्ने बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरिएको थियो । त्यही घटनामा परी मृत्यु हुनेहरुको सख्या बृद्धि हुदै गएर २०७ पुगेको अधिकारीहरुले जनाएका छन् ।

मृत्यु भएका मध्ये १३३ बयस्क उमेरका पुरुष रहेका छन् भने ३५ जना बयस्क महिला रहेका छन् । त्यसैगरी २० जना २० जना बृद्धबृद्धा र १७ जना बालबालिका रहेका छन् । एक जना ८ महिने शिशु रहेको अधिकारीहरुले जनाएका छन् । इथियोपियाली मानव अधिकार आयोगले मृतकको सङ्ख्यामा बृद्धि हुदै गएको शुक्रबार जनाएको छ। मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ ।

आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ ।
यस्तो द्वन्द्वका बीचमा इथियोपियामा आगामी जुन महिनामा गर्ने गरी संसदीय निर्वाचनको घोषणा गरिएको छ । निर्वाचन आयोगले अर्को वर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।
सन् २०२० मै निर्वाचन गर्ने तालिका भएपनि कोरोनाभाइरसको महामारीका कारण अहिले निर्वाचन हुन नसकेर अर्को बर्ष गर्ने तय भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!