हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 1262  पटक पढिएको

बिराटनगर ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर राष्ट्रघाती कदम चालेको भन्दै असंवैधानिक कदमको विरोधमा जनता समाजवादी पार्टीले शुक्रबार विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।

असंवैधानिक कदमको विरोधमा जसपाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपती विद्या भण्डारीको पुत्लासमेत दहन गर्दै नारा जुलुस गरेको थियो ।

जसपाले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गर्दै त्यसलाई खारेज नगरे सभामुखले प्रतिनिधि सभाको बैठक बोलाउनु पर्ने मत राख्दै आएको छ । उसले सरकारको कमदका विरुद्ध जनपरिचालन गर्दै विरोधलाई सशक्त बनाउदै लगेको छ ।

प्रर्दशनमा जसपाका केन्द्रीय सदस्यहरु जयराम यादव, अमरेन्द्र साह, ईनामुल हक, भोगेन्द्र यादव, तेजलाल कर्ण,राजकुमार यादव, मो. कादीर, नेता राकेश रोशन यादव, मो.फैयाज, नन्दलाल मण्डल, महिचन यादव लगायतका नेताहरुको उपस्थिती रहेको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!