प्रादेश १ को राजधानी विराटनगरमा जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ । शुक्रवार जसपाले नारा जुलुस सहित नगरको विभिन्न भागको परिक्रमा गर्दै प्रधानमन्त्री ओलीको पुतला दहन गरेको छ । संसद विघटनको विरोधमा उत्रेका जसपाले असंवैधानिक कदम खारेजको माँग गर्दै पुतला दहन गरेको हो ।
जसपा सरकारको असंवैधानिक कदमको विरुद्धमा जनपरिचालन गर्दै विरोधलाई सशक्त बनाउँदै अगाडी बढेका छन् । केन्द्रिय तथा जिल्ला स्तरिय नेताहरुको अगुवाईमा निकलेको भव्य विरोध जुलुस पुतला दहन पश्चात संसारी माई स्थानमा कोण सभा गरेको थियो ।