हिपमत डटकम

शुक्रबार, पौष १०, २०७७ || 1029  पटक पढिएको

प्रधाननयायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासको रोष्टर नै परिवर्तन गरेका छन् । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज हुने संवैधानिक इजलाश अघि प्रधानन्यायाधी राणाले रोष्टर परिवर्तन गरेका हुन् ।
५ जनाको इजलासमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र मिरा खड्कालाई हटाएर न्यायाधीशहरु अनिलकुमार सिन्हा र तेजबहादुर केसी, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठलाई राखेका हुन् । कार्की महान्यायाधिवक्ता अग्नि खरेको ल फर्मका पार्टनर हुन् भने केसी राणाका यसम्यान । यसो गर्दा इजलासमा राणाको बहुमत बन्ने निश्चत भएको छ ।
गत बुधवार प्रधान न्यायाधीश राणाको एकल बेन्चले संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको थियो ।
संवैधानिक इजलाशमा प्रधानन्यायाधीश सहित पाँचजना न्यायाधीश हुन्छन् । संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ । सो फैसला उपर पुनरावलोकन हुँदैन । संवैधानिक इजलाशले संसद विघटनबारे अन्तरिम आदेश दिनसक्ने कानुनविद्हरुले बताइरहेका बेला रोष्टर नै परिवर्तन गरेपछि यसबारे चलखेल हुनसक्ने कानुनविद्हरुले बताएका छन् । (सभारःरातोपाटी)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!