हिपमत डटकम

बिहिबार, पौष ०९, २०७७ || 999  पटक पढिएको

विराटनगर। राजतन्त्रसहितको हिन्दू राष्ट्रको मुख्य एजेण्डा लिएर अघि बढेको राष्ट्रिय शक्ति नेपाल मोरङको तदर्थ समिति गठन भएको छ ।
समितिको संयोजकमाा केशवप्रसाद रिजाल रहेका छन् । केन्द्रीय अभियन्ता रामु राई र प्रदेश–१ संयोजक दीपबहादुर खापुङको उपस्थितिमा भएको भेलाले हरिहर गौतमलाई तदर्थ समितिको सचिवमा चयन गरेको छ । त्यस्तै देवेन्द्रबहादुर खड्का, अनिलकुमार आचार्य, राम थापा, राजु थापा, युद्धप्रसाद साह, पदम अधिकारी, जनक गौतमलाई सदस्यको जिम्मेवारी तोकिएको प्रदेश संयोजक खापुङले जानकारी दिए । दलहरुले विदेशीको इसारामा मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको भेलाले निष्कर्ष निकालेको छ ।

राजतन्त्रसहितको हिन्दू राष्ट्र निर्माणमा समितिले देशभर आन्दोलन गर्ने बताइएको छ । अहिलेको नेतृत्व भ्रष्टाचारमा लिप्त भएको तदर्थ समितिका संयोजक रिजालले बताए । जनता महँगी, भ्रष्टाचार, व्यतिथिका कारण आहत भएको उनको भनाइ थियो । मुलुकलाई भ्रष्टाचारबाट मुक्त बनाउन अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!