हिपमत डटकम

बिहिबार, पौष ०९, २०७७ || 754  पटक पढिएको

भारतमा नयाँ कृषि कानूनलाई लिएर किसान र केन्द्र सरकारबीच गतिरोध जारी छ । यही अवस्थामा विपक्षी दल कांग्रेसले यस मुद्दालाई लिएर सरकारलाई घेर्ने योजना बनायो । त्यसपछि कांग्रेस महासचिव प्रियंका गान्धीसहित अन्य नेताहरुलाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

प्रहरीका अनुसार अनुमति बिना नै प्रियंका गान्धीसहितका नेताहरु मार्चपासमा उत्रिएका थिए । राहुल गान्धीको नेतृत्वमा कांग्रेस नेताहरुले कृषि कानूनहरुविरुद्ध २ करोड व्यक्तिको हस्ताक्षर संकलन गरेर राष्ट्रपतिलाई बुुझाउन लागेका थिए ।

उनीहरुले मार्चपाससहित ठूलो विरोध कार्यक्रमको योजना बनाइएका थिए । मार्चपासका लागि दिल्ली प्रहरीले अनुमति दिएन र केवल तीनजना नेताले मात्रै राष्ट्रपतिलाई भेट्न पाउने बतायो । तर, प्रियंका गान्धीसहितका नेताहरुले मार्चपास निकाले ।

दिल्ली पुसिलका सहायक डिसीपी दीपक यादवले यसबारे जानकारी दिदैं कांग्रेस नेताहरुलाई राष्ट्रपति भवनसम्म मार्च गर्ने अनुमति नदिइएको बताए । यद्यपी, तीन नेताहरुलाई भने राष्ट्रपति भवन जाने अनुमति छ । २६ नोभेम्बरदेखि भारतमा किसानहरुले आन्दोलन गरिरहेका छन् ।

प्रियंकाको टिप्पणी
सत्तारुढ भाजपाका नेता र समर्थकहरुले किसानविरुद्ध प्रयोग गरिरहेका शब्द आपत्तिजनक रहेको प्रियंकाले बताइन् ।
‘यदि सरकारले किसानलाई देश विरोधी भन्छ भने सरकार पापी हो । किसानको समस्याको हल त्यतिबेला निस्कनेछ, जब सरकारले उनीहरुको आदर गर्नेछ,’उनले भनिन्,‘यस सरकारले आफुुविरुद्धको कुनै पनि असन्तोषलाई आतंकको आँखाले हेर्ने गरेको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!