हिपमत डटकम

मंगलबार, पौष ०७, २०७७ || 965  पटक पढिएको

अफगानिस्तानको राजधानी काबुुलमा कार बम बिस्फोट हुँदा चार डाक्टरसहित कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता फरदावस फरामान्जकाअनुसार काबुुल पुलिसका डाक्टरहरुको टोली काबुुलबाट पूर्वतर्फ रहेको पुुल–ए चारखी जेल जाँदै थिए, जहाँ सयौं तालिवान लडाकुहरुलाई राखिएको छ ।

प्रहरीकाअनुसार ती डाक्टरहरु चढेको कारमा बम जडान गरिएको थियो । यद्यपी, हमला डाक्टरहरुलाई नै लक्षित गराएर गराइएको हो वा होइन भन्ने विषय अझै खुलिसकेको छैन । बिस्फोटमा अन्य दुुई व्यक्ति घाइते भएका छन् । अहिलेसम्म कसैले पनि यस घटनाको जिम्मेवारी लिएको छैन । विस्फोटपछि आसपास रहेका भवन र पसलहरुमा क्षति पुुगेको छ ।

काबुलमा पछिल्लो समय भइरहेका निरन्तर हमलाहरुमा आईएसआईएल समूह संलग्न भएको हुनसक्ने आशंका छ । यसअघि आइतबार अफगानिस्तानस्थित अमेरिकी सेनाको अखडामा भएको रकेट हमलाको जिम्मेवारी आईएसआईएलले लिएको थियो । आइतबारै काबुलमा कार बम बिस्फोट हुँदा कम्तिमा ९ जनाको ज्यान गएको थियो भने १५ जनाभन्दा धेरै मारिएका थिए ।

त्यसैगरी सोमबार बन्दूकधारीहरुले पूर्वी शहर गजनीमा अफगानी पत्रकार रहमतुुल्लाह निक्जादको हत्या गरेका छन् । पछिल्ला दुुई महिनामा अफगानिस्तानमा ज्यान गुमाउने उनी तेस्रो पत्रकार हुन् । सरकार र तालिवानबीच कतारमा शान्तिवार्ता गरिएपनि अफगानिस्तानमा हिंसा रोकिएको छैन । यस वार्ताले दशकौंसम्मको हिंसा अन्त्य गर्ने अपेक्षा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!