नेकपाका कार्यकारी अध्यक्ष प्रच्ण्डले उपाध्यक्षवामदेवा गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल अफूहरुको समूहमा आउने बताएका छन् । उनले दुई नेतासँग आफूले मंगलबार बिहानमात्रै कुराकानी गरेको भन्दै उनीहरुलाई यो बैठकले देख्न चाहेको पनि बताए ।
राजधानीमा मंगलबार आयोजित नेकपाको समानान्तर केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान, नियम कानुन अनुसार आफूहरुले बैठक राखेको नेकपा नै वैधानिक भएको दावी गरे ।
‘निर्वाचन आयोगलाई म भन्न चाहन्छु । यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ । संविधान, नियम कानुन अनुसार यो वैधानिक नेकपा हो’, उनले भने ।
संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन् भन्ने विश्वास आफू रहेको भन्दै उनले बालुवाटारमा आज भएको भेला वैधानिक नरहेको दावी गरे ।