हिपमत डटकम

मंगलबार, पौष ०७, २०७७ || 1103  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी औपचारिक विभाजन हुनमात्र बाँकी छ । अब विभाजित पार्टीमा एउटाको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन् भने अर्कोको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् ।

नेकपा विभाजनपूर्व प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी विधयेक ल्याउने चर्चा छ । निर्वाचन आयोगमा उनीविरोधी पक्षधरले कारबाहीको जानकारी दर्ता गरिसकेको अवस्था छ । अब उनी पक्षधर केन्द्रीय कमिटी बैठक बसेकाले प्रचण्डलाई पनि कारबाहीको निर्णय गरी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भएको बुझिएको छ ।

दल विभाजनको अवस्थामा नेकपाभित्र सुर्य चिन्हका लागि मुख्य लडाईं हुनसक्छ । बहुमत केन्द्रीय कमिटी रहेकाले कानुनत आफूले पार्टी, झण्डा र चुनाव चिन्ह पाउनुपर्ने प्रचण्ड पक्षको दाबी हुनसक्छ । तर, ओलीले अध्यक्ष आफू भएकाले चुनाव चिन्हको दाबी गर्न सक्छन् । यो अवस्थामा दुवै पक्षबीच रस्साकस्सी हुनसक्छ ।
नेकपाभित्र स्थायी कमिटी र केन्द्रीय कमिटीमा बलियो हुन दुवै पक्ष सक्रिय छन् । तटस्थलाई पनि आफ्नो पक्षमा पार्ने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले मन्त्रीको प्रस्ताव गरी धेरैलाई तान्ने तयारी गरेको बुझिएको छ । तटस्थमा रहेका बामदेव गौतम, टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेललाई पनि ओली पक्षले आश्वासन दिएको बुझिएको छ । तर, यी नेताहरु पर्ख र हेरको अवस्थामा छन् ।

बहुमत केन्द्रीय सदस्य हुनेको साथमा पार्टी, चुनाव चिन्ह र झण्डा रहने व्यवस्था छ । तर, अहिलेको राजनीतिक दलसम्बन्धी व्यवस्थाले नेकपा फट्न सक्दैन । विधयेक अनिवार्य भएकाले यो ल्याउनसक्ने प्रधानमन्त्री ओलीमात्र छन् । यसले नेकपाभित्र फेरि विधयेकको चलखेल हुने देखिदैछ । विशेषगरी सुर्य चिन्हका लागि रस्साकस्सी पर्दैछ ।अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एकै दिन चालेका कदमहरुले नेकपालाई दुर्घटनाको अवस्थामा लगेको छ । नेकपा नेताहरु यो घटनासँगै कित्ता काटमा लागेका छन् ।

नेकपाको हालको सचिवालय सदस्यहरुले कित्ता काट गरिसकेका छन् । जस अनुसार ओली पक्षमा कुल चार सचिवालय सदस्य र प्रचण्ड पक्षमा पनि चारजनानै सचिवालय सदस्य छन् । वामदेव गौतम भने कुनै गुटमा नरहेको सन्देश दिन थालेका छन् ।

नेकपा फुट्ने निश्चितप्रायः भएपछि नेताहरुको आ आफ्नो तयारी छ । ओलीमाथि प्रचण्ड समूहले कारबाहीको सिफारिश गरिसकेको छ । स्थायी कमिटीले निर्णय गरेको सिफारिश केन्द्रीय समितिबाट टुंग्याउने तयारी छ । यो निर्णयसँगै नेकपाको औपचारिक विभाजन हुनसक्छ ।

नेकपा विभाजन भएमा वामदेव कता लाग्ने रु यो चासो बढेको छ । गौतम निकट स्रोतका अनुसार उनी कुनैपनि दलमा लाग्ने छैनन् । निकट स्रोतले भन्यो, उपाध्यक्षज्यू कुनै गुटमा हुनुहन्न । पार्टी विभाजन नै भएको अवस्थामा गौतमको आफ्नै तयारी भइसकेको छ । स्रोतका अनुसार उनी छुट्टै दल खोल्ने तयारीमा लागिसकेका छन् । ओली र प्रचण्ड दुवैको अलग दल भएमा गौतमको पनि अलग दल हुने बुझिएको छ ।

तर, गौतम अहिलेको सरकारमा सहभागी हुने या नहुने निश्चित भएको छैन । उनलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको प्रस्ताव आएको छ । त्यसमा उनी सकारात्मक बन्दै गएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!