बिराटनगर। प्रधानमन्त्री द्वरा गरिएको संसद विघठनको विरुद्ध नेकपाका भातृसंगठनहरुले सडक आन्दोलन शुरु गरेका छन ।
नेकापाको भातृसंगठन युवासंघ र अनेरास्ववियुले प्रधानमन्त्रीकोे असंबैधानीक कदम विरुद्ध आईतबार विराटनगरमा संयुक्त सडक आन्दोलन सुरु गरेका हुन । विराटनगरको स्थानीय ट्राफिक चौकमा सो संगठनहरुले प्रधानमन्त्रीको असंबैधानिक कदम विरुद्ध भाषण गरेका थिए ।
प्रदेश १ सांसद कुलप्रसाद साम्बाले प्रधानमन्त्रीको गलत गदम नसच्याए जनताले नछोड्ने चेतावनी दिए । साम्बाले प्रधानमन्त्रीको गलत कदम नसच्चीए कडा अन्दोलन गर्ने चेतावनी दिए ।
अनेरास्ववियुका पुर्व सचिब वसिम आलमले प्रधानमन्त्री गाणतन्त्र विरोधी भएको आरोप लगाएका छन । उनले लोकतान्त्र र गाणतन्त्र ध्वस्त पार्न संसंद विघटन गरेको आरोप लगाए ।
नेकपा प्रदेश कमीटि सदस्य भोगेन्द्र यादवले केपी ओली जनविरोधी भएको आरोप लगाए । उनले मानसिक समस्या भएकाले मुलुक र जनता विरुद्ध घात गरेको आरोप लगाए ।
यता नेपाली काग्रेसले विरोध सुरु गरेको छ । नेपाल तरुणदलको आयोजनामा स्थानीय तिनपैनी चौक बाट सुरु गरेको विरोध जुलुस नगरका विभिन्न भागको परीक्रमा पछी स्थानीय ट्राफिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । को णसभालाई संम्बोधन गर्दै काग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्रीलाई राष्ट्र द्रोहको मुद्धा लगाउनुपर्ने विचार व्यक्त गरे । उनले मुलुक र जनता विरुद्ध अपराध गरेको आरोप लगाउदै प्रधानमन्त्रीले सो कदम नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की , मोरङ काग्रेसका सभापती डिग बहादुर लिम्बु लगायतले प्रधानमन्त्रीको गलत गदमका विरुद्ध काँग्रेसले भण्डाफोर गर्ने चेतावनी दिए । कार्यक्रममा काग्रेस मोरङका सचिव नागेश कोईराला, मोदराज घिमिरे , उपसभापती भक्तीनाथ माझी , लगायतको सहभागिता थियो । कार्यक्रममा तरुदल विराटनगरका सभापती सन्तोष न्यौपाने , तरुणदल मोरङका कोषध्यक्ष अनिल लक्ष्मी रिजालको सहभागिता थियो ।
त्यसैगरी विवेकशिल साझाा पार्टी संसद विघठनको विरोध गरेको छ । सामाझाका मोरङ अध्यक्ष अमलेस कर्ण सहितका नेता कार्यकर्ताहरुले स्थानीय ट्राफिक चौकमा व्यानर बोकेर १ घण्टा सडकमा उभिएर विरोध गरेका थिए ।