
भारतको तमिलनाडुुको राजधानी चेन्नईमा हत्याको एक भयावह तस्विर बाहिर आएको छ । जहाँ एक मजदूरलाई सडकको मध्यभागमा एक वा दुुईपटक होइन ९ पटक गला रेटेर हत्या गरिएको छ ।
गएको बुधबार घटेको यस घटना नजिकैको सिसिटिभी क्यामेरामा कैद भएको थियो, अहिले यो भिडियो भाइरल भइरहेको छ । ‘इन्डिया टुुडे’ को समाचारअनुसार चेन्नईको पुुदुुपेट इलाकामा तीनजनाले मिलेर सन्तोष नामका एक मजदूरको हत्या गरेका हुन् । मृतक सन्तोष कनागी नगरमा बस्ने गर्दथे ।

यस्तो देखियो सिसिटिभीमा
सिसिटिभी फुटेजमा सन्तोष सडकमा हिडिंरहेको अवस्थामा देखिन्छन्, त्यसपछि एक व्यक्ती उनीसँग झगडा गर्न आउँछन् । यी व्यक्तिसँग अन्य दुुई व्यक्ति पनि छन् । सन्तोषले केही बोल्नुुअघि नै ती व्यक्तिले ब्लेडले गला काटिदिन्छन् । हमलालगत्तै सन्तोष जमिनमा लडेको भिडियोमा देखिन्छ । यस दौरान उनको गलामा ९ पटक आक्रमण हुन्छ । त्यसपछि मर्नुु न बाँच्नुुको अवस्थामा पुुगेका सन्तोषलाई छाडेर आक्रमणकारी भाग्छन् ।
यस घटनामा ग्रेटर चेन्नईको प्रहरीले अहिलेसम्म दुुईजनालाई पक्राउ गरिसकेको छ । अर्का एक आरोपित अझै पनि फरार छन्, प्रहरीले उनको खोजी गरिरहेको छ ।