हिपमत डटकम

शुक्रबार, पौष ०३, २०७७ || 1270  पटक पढिएको

बुधबार साँझ बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकमा अध्यादेश फिर्ता लिने र शीतल निवासमा संसदको विशेष अधिवेशन माग गर्दै पेश गरिएको निवेदन तथा ८३ जना सांसदको हस्ताक्षर फिर्ता लिने सहमतिको मसी नसुक्दै बिहीबार साँझको लागि एकाएक संवैधानिक परिषद्को बैठक बोलाएको खबर पाएपछि बालुवाटारतर्फ हुईंकिनुभएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो दिउँसो अध्यक्ष तथा प्रधानमन्त्रीलाई भन्नुभयो ‘कुनै हालतमा अध्यादेश फिर्ता लिनुहोला । अन्यथा,हामीले पनि बाध्य भएर हिजोको प्रक्रियालाई अघि बढाउने छौं ।’

बुधबार दिउँसो स्थायी समिति बैठक बस्नुअघि प्रधानमन्त्रीको सरकारी निवासमा दुई अध्यक्षवीच चर्काचर्की परेको थियो । प्रचण्डले कुनै हालतमा अध्यादेश फिर्ता गर्नुपर्ने बताइरहँदा प्रधानमन्त्री ओलीले भने सचिवालयमा पेश गरेर पहिले स्थायी समितिमा पुगेको प्रचण्ड खेमाको १९ पेजे “आरोपपत्र” फिर्ता गर्नुपर्ने अडान लिनुभएको बताइन्छ । दाहालले पटक पटक अध्यादेश फिर्ता नहुने हो भने आफूहरूले पार्टी बैठकको कार्यसूचीमा रहेको विषय,प्रस्ताव र प्रतिवेदनलाई अघि बढाउनुको विकल्प नरहेको दोहोर्याउँदा चर्काचर्की परेको हो ।

दुबैजना अध्यक्षले छलफल गरिरहेको कोठामा त्यहिबेला स्थायी समिति सदस्यहरू सुवास नेम्वाङ्ग,घनश्याम भुसाल र शंकर पोखरेलले एकै स्वरमा प्रधानमन्त्रीलाई सम्झाएपछि अध्यादेश फिर्ता लिन तयार हुनुभएको बताइन्छ । त्यसपछि प्रचण्डले अर्का अध्यक्षलाई ‘जाऔं न त्यहिँ बैठकमा गएर छलफल गरौं’ भनेपछि ओलीले बैठकमा प्रतिवेदन फिर्ता गर्ने कुरो उठाएपनि दाहालले त्यसलाई रोक्दै ‘प्रस्ताव र प्रतिवेदन फिर्ता नहुने बरु यहिँ छलफल गरौं’ भन्नुभएको थियो ।

“अब छलफल हुन्छ’ भन्ने ठाडो लवज प्रयोग नगरी ‘छलफल गरौं न’ भनिएपछि बैठकमा प्रधानमन्त्री जान तयार हुनुभएको बुझाई रहेको छ।

यो खबर आजको जनास्थामा छापिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!