हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 1008  पटक पढिएको

जन्म र मृत्युको के भरोसा ? जसलाई हामी चाहेर बदल्न सक्दैनौ । कहिले, को, कसरी सधैलाई निदाउने हामी बताउन सक्दैनौ । चीनमा एक यस्तो घटना भएको छ । जसलाई हेरेर जो कोहीलाई पनि लाग्छ कि जन्म र मृत्यु माथिकै हात छ ।

चीनको झेझियांग प्रान्तको पैनान इलाकामा एक बच्चाको जन्म भयो । जन्मिएपछि उनको स्वास्थ्य अवस्था बिग्रदै गयो । २३ दिनसम्म अस्पतालमा राखेर बच्चालाई घरमा ल्याए । घरमा आएपछि झन उनको स्वास्थ्यमा समस्या आयो फेरी अस्पताल पुराए । ४ दिनपछि उनको मृत्यु भयो । डाक्टरले बच्चालाई मृत घोषित गरेपछि शवलाई मुर्दाघरमा राखियो । बच्चाको अन्तिम सस्कार गर्ने तयारीमा लागे परिवारजन ।

बच्चा मरेको १५ घन्टापछि चमत्कार भयो र बच्चा अचानक जिउदै उठ्यो । मुर्दाघरमा अचानक रुदै उठ्ने कोशिश गर्न थाल्यो । उसले चिच्चाएको आवाज सुनेर सबैजना आश्चई चकित भए । बच्चा जिउदै देखेर तुरुन्त अस्पतालमा भर्ना गरियो । बच्चाको परिवार धेरै खुशी भए । मरेको बच्चालाई मुर्दाघरमा –१२ डिग्री तापक्रममा राखिएको थियो ।

बच्चा जिउदो देखेर डाक्टरहरुले आफ्नो जीवनमा कहिल्यै पनि यस्तो घटना नभएको बताएका छन् । यति थोरै तापक्रममा पनि मरेको बच्चा जिउदो हुन्ु चमत्कार भन्दा अरु हुन नसक्ने आफन्तहरु बताउछन् । यस घटनालाई लिएर चीनमा मात्र नभएर विश्वभर चर्चा भइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!