हिपमत डटकम

आइतबार, मंसिर २८, २०७७ || 905  पटक पढिएको

ईरानी पत्रकार रोहुल्लाह जामलाई मृत्युदण्ड दिइएको छ । सरकारी टेलिभिजन आईआरआईबीका अनुसार उनलाई शनिबार बिहान झुण्डाएर मृत्युदण्ड दिइएको हो ।

सत्ताविरोधी जामलाई ‘करप्सन अन अर्थ’ मा दोषी करार गरिएको थियो । यसमा उनको अपराध स्पष्ट गरिएको छैन तर ईरानको सरकारले यसलाई कथितरुपमा सत्तापलटको प्रयास गर्नेमाथि प्रयोग गर्ने गरेको छ ।

जामले अमाद न्यूज नामक अनलाइन वेबसाइट चलाउँथे । तेहरानले उनीमाथि सन् २०१७ र २०१८ को विरोध प्रदर्शनमा हिंसा भड्काएको आरोप लगाएको तसनिम न्यूज एजेन्सीले सन् २०१९ मा उल्लेख गरेको थियो ।

जाम फ्रान्समा बस्दै आएका थिए तर उनलाई सन् २०१९ को अक्टोबरमा ईरानी अधिकारीहरुले पक्राउ गरेको समाचार प्रकाशित भएको थियो । उनी कसरी र कहाँ पक्राउ परे भन्ने यकिन हुन सकेको छैन ।

फ्रेन्च अधिकारीहरुका अनुसार उनले ११ अक्टोबरमा फ्रान्स छाडेका थिए । त्यसको तीन दिनपछि इस्लामिक रिभुलुसनरी गार्ड कर्प्सले उनलाई पक्राउ गरिएको वक्तव्य जारी गरेको थियो ।

उनको पक्राउको समाचारपछि इरानका अधिकारीहरुले उनको भिडियो जारी गरेको थियो । उक्त भिडियोमा उनले माफी मागेको जस्तो देखाइएको थियो गत जुनमा उनलाई दोषी करार गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो ।

रिपोर्टर्स विथआउट बोर्डर्सले मृत्युदण्डको भत्सर्ना गरेको छ । संस्थाले उनलाई अपहरण गरेर पक्राउ गरिएको र उनको सुनुवाइ निष्पक्ष ढंगले नभएको भन्दै उनको मृत्युदण्डको सजाय माफ गर्नुपर्ने माग गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!