गत बुधबार काठमाण्डौको अनामनगर स्थित पाना काफे एण्ड थकाली किचेनको सभाकक्षमा “है सानु दुई सानु” बोलको गीतको लोकार्पण भएको छ । उक्त गीत गोकुल राउतको हो । बिगत निकै देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायक तथा सर्जक गोकुल राउतको “है सानु दुई सानु” बोलको गीत लोकार्पण कार्यक्रम घमेश दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गायक भोजराज काफ्ले, इन्दिरा गुरुङ्ग, गीता देबी, सिता थापा, सामाजिक अभियन्ता पुण्य गौतम, लगाएत काँठ क्षेत्रका बरिष्ट कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

“है सानु दुई सानु” बोलको गीतको लोकार्पण कार्यक्रममा पछिल्लो समय कलाकारहरुका सिर्जना प्रयोग गरेर प्रत्यक्ष दोहोरीबाट लाभ लिने युट्युब च्यानललाई सिस्टममा आएर, प्रयोग भएका गीतका सर्जकलाई पनि नमार्न अनुरोध गरिएको छ । उक्त प्रसङ्गमा कार्यक्रमका प्रमुख अतिथि घमेश दुलालले आफु राष्ट्रिय संगीतकर्मी संघको संस्थापक भैरहंदा, जो कोहिले सम्पूर्ण कलाकारहरुको हकहितका निमित्त आवाज बुलन्द गर्छ, उस्लाई पूर्ण सहयोग गर्ने बताएका थिए । यता यसै कार्यक्रमका अध्यक्ष गोकुल राउतले आफ्नो सिर्जना प्रयोग गरेर मोटाउने र सम्बन्धित कलाकारलाई ब्यवास्ता गर्ने च्यानल प्रति आक्रोश ब्यक्त गरेका छन् ।

लोकार्पण भएको गीतमा गुकुल राउत र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत संयोजन तथा लय शब्द गायक स्वयम् गोकुल राउतले भरेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र प्रकृति खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सन्जिब ठकुरीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् । लोकार्पण कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुले गोकुल राउतको यो पछिल्लो सांगीतिक प्रतुतिको लागि सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमलाई लोकप्रिय गायिका तथा संचारकर्मी सोभा त्रिपाठीले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!