हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 700  पटक पढिएको

अफगानिस्तानमा एक जना महिला पत्रकारको हत्या गरिएको छ । पूर्बी अफगानिस्तानको जलालाबादमा बिहीबार मलाल मैवन्दलाई गोली हानेर हत्या गरिएको बीबीसीले जनाएको छ । दोहामा अफगान सरकार र विद्रोही तालिबानबीच वार्ता हुँदै गर्दा अफगानिस्तानमा आक्रमणका घटनाहरु बढ्दै गएको छ ।

एनिकास टीभी र रेडियोमा कार्यरत मलाला कार्यालय जाँदै गरेको समयमा अज्ञात समूहले घेरा हालेर गोली प्रहार गरेको हो । उहाँ सबार कारका चालक मोहम्मद तनबिर समेत आक्रमणमा मारिएका छन् । अफगानिस्तानमा लक्षित गरेर आक्रमणका घटनाहरु वृद्धि भएपछि नेटो र यूरोपेली संघले संयुक्त वक्तब्य जारी गरेर भत्सर्ना गरेको एक दिन नबित्दै उक्त घटना भएको हो ।

राज्यका गर्भनर अताओल्लाह खोग्यानीले स्थानीय सञ्चारमाध्यमहरुलाई आक्रमणकारी आक्रमणपछि भागेको बताउनुभयो । अधिकारकर्मी समेत रहनुभएकी मलालाले महिला पत्रकार हुनुको जोखिम र चुनौतीबारे बोल्दै आउनुभएको थियो । लक्षित गरेर आक्रमणका घटना हुन थालेपछि पत्रकार, अधिकारकर्मी र राजनीतिज्ञ समेत निशानामा पर्दै आएका छन् ।
गत् महिना मात्रै एक जना चर्चित पत्रकार यामा सिवश चढेको कार विष्फोट हुँदा उहाँसहित तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!