हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 859  पटक पढिएको

चार्ज गरिरहेको आइफोनमा बाथटबमा खस्दा २४ वर्षीया एक युवतीको मृत्यु भएको छ ।

ओलेस्या सेमेनोभाको शवलाई रसियाली शहर अर्खान्जेल्स्कमा रहेको एक फ्ल्याटमा उनकी साथीले भेटेकी हुन् ।

‘मैले उनलाई देख्ने बित्तिकै चिच्याएँ, उनलाई हल्लाएँ, तर उनी पहेँलो भइसकेकी थिइन्, उनले सास पनि फेरेकी थिइनन् र जीवनको कुनै संकेत नै दिइनन्,’ डारिया नाम गरेकी उनकी साथीले एमर्जेन्सी अपरेटरलाई भनिन् ।

‘म निकै आत्तिएकी थिएँ, जब मैले उनलाई छोएँ, मलाई पनि बिजुलीको झट्का लाग्यो ।’

‘पानीमा स्मार्टफोन थियो र त्यो चार्ज भइरहेको थियो ।’

स्वास्थ्यकर्मीले सेमेनोभाको मृत्यु नुहाउने क्रममा करेन्ट लागेर भएको पुष्टि गरे । उनी एक कपडा पसलमा काम गर्थिन् ।

रसियाका इमर्जेन्सी मिनिस्ट्री उक्त घटनापछि एक चेतावनी जारी गरेको छ ।

‘यो दुर्घटनाले एक पटक पुनः के स्मरण गराएको छ भने पानी र बिजुलीमा जोडिएका विद्युतीय उपकरण निकै घातक हुन्छन् ।’

‘मोबाइलमा पनि यही कुरा लागू हुन्छ ।’

‘पानीमा मोबाइल खस्यो भने यो बिग्रन्छ । तर जब यो कुनै नेटवर्कमा जोडिएको छ भने, स्थिती कतिसम्मको भयंकर हुन्छ, त्यो यहाँ देख्न सकिन्छ । ’

गत अगस्टमा रसियाको एक विद्यालयमा पढ्ने १५ वर्षे छात्राको नुहाउने क्रममा करेन्ट लागेको मृत्यु भएको थियो ।

अन्तर्राष्ट्रिय परिचय स्थापित गरेकी पोकर स्टार लिलिया नोभिकोभाको पनि गत वर्ष नुहाउँदै गर्दा करेन्ट लागेर मृत्यु भएको थियो । – डेलीमेल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!