हिपमत डटकम

बुधबार, मंसिर २४, २०७७ || 906  पटक पढिएको

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की दिएकी छिन् । उत्तर कोरियाबारे गरेको टिप्पणीको ‘ठूलो मूल्य’ चुकाउनुुपर्ने चेतावनी उनले दिएकी हुन् । यसअघि ५ डिसेम्बरमा उत्तर कोरिया र त्यहाँको कोरोना भाइरसको अवस्थाबारे दक्षिण कोरियाली विदेशमन्त्री चाङ केयुङु वाले टिप्पणी गरेका थिए ।

उनले उत्तर कोरिया कोरोनामुक्त रहेको भन्ने दाबीप्रति शंका व्यक्त गरेका थिए । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरस संक्रमण नरहेको दाबी पटक–पटक गरिरहेको छ । १० अक्टुुबरमा किम जोङले पनि सैन्य परेडका क्रममा यो दाबी गरेका थिए । यद्यपी, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उनको दाबी सही हुन नसक्ने शंका गरिरहेका छन् ।

किम परिवारकी उत्तराधिकारी
३३ वर्षीया किम यो जोङलाई किम जोङ उनको उत्तराधिकारीका रुपमा हेरिएको छ । उनी अहिले वकर्स पार्टी अफ कोरियाको युुनाइटेड फ्रन्ट डिपार्टमेन्टकी सहायक निर्देशक छिन् । यद्यपी, शासन सत्तामा उनको पहँुच ठूलो छ । दाजुु किम जोङ उनपछि उनी उत्तरकै सर्वाधिक शक्तिशाली व्यक्ति मानिन्छिन् ।

अप्रिल २०२० मा किम जोङ उनको स्वास्थ खराब भएसँगै किम यो जोङ सरकारको सम्भावित उत्तराधिकारीका रुपमा देखिएको खबर अन्तर्राष्ट्रिय मिडियामा छाएको थियो । सामाजिक सञ्जालमा पनि यस अवधिमा यो जोङ निकै चर्चित बनेकी थिइन् ।

अगस्टमा किम उन जोङ कोमामा पुुगेको रिपोर्ट सार्वजनिक भएको थियो । त्यसता, यो जोङको चर्चा सामाजिक सञ्जालमा अझै बढ्यो । यद्यपि, आफ्नो स्वास्थलाई लिएर अनेकन हल्ला फैलिरहेकै बेला किम उन जोङ आफैं एक सार्वजनिक कार्यक्रममा देखिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!