हिपमत डटकम

सोमबार, मंसिर २२, २०७७ || 1648  पटक पढिएको

गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो ।

बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् । नेपाली परम्पराअनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिन्थे ।

राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश अहिले चर्चामा पछि छन् । उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भैरहेको छ । रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!