हिपमत डटकम

सोमबार, मंसिर २२, २०७७ || 1163  पटक पढिएको
फाइल तस्बिर

काठमाडौं। प्रधानमन्त्री केपी ओली यतिबेला निकै संकटमा परेका छन् । अगाडि बढौं ठूलो भीर छ, पछाडि फर्कौ पहिरो छ । त्यसैले अहिले उनी अक्करमा परेका छन् ।

कुनै समयका हाईहाई ओली अहिले किन यस्तो चरम अलोकप्रिय बने भन्ने विश्लेषण हुन थालेको छ । तर, यी सबै उनले च्यापेकै केही मान्छेका कारण पनि ओली संकटमा पर्दै आइरहेका छन् । तत्कालीन एमालेलाई एक्लै बहुमतको अवस्थामा ल्याउन सक्ने खुबी ओलीको थियो ।

भारतीय नाकाबन्दीका बेला कथित राष्ट्रवादी मुखुण्डो भिरेर उनले लोकप्रियता हासिल गरेका थिए । त्यसैबेलादेखि हो उनले आफूलाई देशकै सुप्रिमो ठानेको ।

बहुमतको प्रधानमन्त्री बनेपछि तत्कालीन माओवादी केन्द्रलाई एमालेमा मिसाएर माओवादीको अस्तित्व नै मटियामेट पारिदिएका ओलीले चुनावकै बेला मधेस केन्द्रित दलका नेता राजेन्द्र महतो र राप्रपाका नेता राजेन्द्र लिङ्देनलाई सिट छाडेर चुनाव जिताइदिए ।

आज राजेन्द्र महतो र राजेन्द्र लिङ्देन ओलीका लागि गलपासो बनेका छन् । यदि तत्कालीन एमालेको भोट नपाएका भए यी दुवैले चुनाव जित्दैनथे । यिनलाई हराएर कांग्रेसका विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला सांसद बन्थे ।

निधि र सिटौला जस्ता परिपक्व नेता संसदमा हुँदा ओलीलाई निकै भरथेग हुन्थ्यो । तर, कांग्रेस सिक्याउने नाममा ओलीले लिङ्देन र महतो बोके । अहिले तिनै गलपासो बनेका छन् । लिङ्देनले देशमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाको अगुवाइ गरिरहेका छन् ।

झापामै ओलीभन्दा शक्तिशाली बनिसकेका छन् । महतोले त ओली सरकारलाई दिएको समर्थनसमेत फिर्ता गरेर प्रधानमन्त्री ओलीप्रति कडा प्रहार गरिरहेका छन् । त्यति मात्र होइन, ओलीलाई अहिले आफ्नै नेताले धोखा दिने देखिएको छ ।

उनले बोकेका ईश्वर पोखरेल र विष्णु पौडेलले पनि उनलाई साथ छाड्ने देखिएको छ । उनले मन्त्री बनाएका गोकुल बास्कोटाले त बदनाम नै बनाइदिए ।

भ्रष्टाचारमै चुर्लुम्म डुबेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि उनलाई खुइल्याउन बाँकी राखेका छन् । झन् उनैले प्रेस सल्लाहकार बनाएका सूर्य थापाले गर्दा अधिकांश नेकपा नेता बालुवाटारसँग बिच्केका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!