हिपमत डटकम

आइतबार, मंसिर २१, २०७७ || 1269  पटक पढिएको

गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको युगल गायनमा रहेको गीत ‘देउन दिलमा दरबन्दी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

देवल भण्डारीको शब्द रहेको यस गीतलाई दिपक शर्माले संगीतवद्द गरेका हुन्। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा मिलन मिश्र र अमुदा बिस्टको अनस्क्रिन रोमान्स देख्न सकिन्छ। केशब राज भट्टले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन्। भिडियोमा विकाश दहालको सम्पादन रहेको छ। रमेश मिश्र र शोभा मिश्र उत्पादक रहेको भिडियोलाई प्रकाश धितालको निर्देशनमा तयार पारिएको हो। कलाकार मिश्रको अफिसिएल युट्युव च्यानल ‘मिलअमु फिल्म्स’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

अस्ट्रेलियामा बसेर आफ्नो कलाकारितालाई अघि बढाइरहेका मोडेल मिश्रले आफ्नो अभिनयमा निखार ल्याउन सुगठित शरीर बनाउने देखि शर्ट फिल्म मार्फत निकै मेहेनत साथ अघि बढिरहेका छन्। मोडेल मिश्रले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!