हिपमत डटकम

आइतबार, मंसिर २१, २०७७ || 1041  पटक पढिएको

गायक राजा खतिवडाले आफ्नो  डेब्यु गीत ‘थोत्रे साइकल’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको युगल गीतमा गायक खतिवडाको साथमा संचारकर्मी तथा गायिका योजना पुरीको स्वर सुन्न सकिन्छ। पुस्कर खतिवडाको शब्द र संगीतमा रहेको यस गीतलाई ओम सुनारले संगीत संयोजन गरेका हुन्।

युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोम स्वयम गायक राजा खतिवडा र सृजु ढुंगाना मुख्य भुमिकामा फिचर्ड छन् भने राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको समेत भिडियोमा अभिनय देख्न सकिन्छ। ईलामको रमणीय चिया बगानको दृश्य समावेश गरिएको म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन गरेका हुन्। भिडियोमा नविन निरौलाको सम्पादन छ। जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!