हिपमत डटकम

शनिबार, मंसिर १३, २०७७ || 733  पटक पढिएको

मानिसहरू आफ्नो तौल बढाउन विभिन्न उपायको खोजीमा हुन्छन् । धेरैले खाना खान कम गर्छन् । कोही जिम जान्छन् । कोही घाम डुबेपछि खान बन्द गर्छन् । हरेक उपाय अपनाउँदा पनि तौल नघटेपछि निरास बन्ने मानिसको संख्या धेरै छ ।

तर, पोषणविद्हरूले तौल घटाउन हाम्रो भान्सामा हुने बन्दाकोभी निकै फाइदाजनक हुने बताउने गरेका छन् । तौल घटाउन बन्दागोभीमा कार्बोहाइड्रेट र फ्याट कम तथा फाइबर बढी हुने भएकाले वजन घटाउने खोज्नेहरूका लागि यो लाभदायक हुन्छ ।

दिमाग तेजिलो बनाउन बन्दागोभीमा भिटामिन–के र एन्थोक्यानिन्सजस्ता तत्व प्रचुर मात्रामा पाइन्छ, जसले दिमागलाई स्वस्थ र तेजिलो बनाउन मद्दत गर्ने पोषणविद्हरूको भनाइ छ ।शरीरका विकार फाल्न बन्दागोभीमा भिटामिन–सी र सल्फर प्रचुर मात्रामा पाइन्छ, जसले शरीरमा जम्मा भएका विकारलाई शरीरबाट निकास गरिदिन्छ । बाथ रोग, युरिक एसिड र छालासम्बन्धी रोग लाग्ने जोखिमलाई पनि यसले कम गरिदिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!