हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 1011  पटक पढिएको

मुख दुर्गन्धित हुने र सास गन्हाउने समस्याले धेरै जसोलाई पिरोलेको हुन्छ । भेटघाट, बैठक, कुराकानी आदिमा आफ्नो सास गन्हाउने डरले कतिपय मानिसहरु टाढैबाट बोल्ने गरेका हुन्छन् । तर समाधानको उपाय खासै खोजी गरेको पाइदैन ।

आज हामी तपाईँलाई मुखको दुर्गन्ध हटाउने तथा सास ताजा राख्ने घरेलु उपाय सिकाउछौँ । मुख दुर्घन्धित हुनु र सास गन्हाउने कारण मुखमा हुने ब्याक्टेरिया हो । यो ब्याक्टेरियाले निकाल्ने सल्फर कम्पाउडको कारण हाम्रो मुख तथा सास गन्हाउछ । त्यसबाट मुक्ति पाउनका लागि निम्न उपाय गर्न सक्छौँ :

१ खानामा रेसादार/फाइबरयुक्त सब्जीहरु समाबेश गर्नुस् ।
२ एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस्, यसले मुखको अम्लियपना कम गरी सास गनाउने समस्या कम गर्छ ।
३ बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ ।
४ तातो पानीमा नून मिसाएर कुल्ला गर्नुस् ।
५ जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ ।
६ हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुस् ।
७ पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ ।
८ प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी सास गनाउने समस्या हुन दिदैन ।
९ बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुस् ।
१० हरेक दिन बिहान एक गिलास पानीमा एउटा कागती निचोरेर त्यसले कुल्ला गर्नुस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!