हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 714  पटक पढिएको

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनलाई जीतको बधाई नदिएको कारण खुलाएका छन्

पुटिनले आफू कानूनी लडाईंको निर्णय नआञ्जेल प्रतिक्षा गर्ने र त्यसपछि मात्रै बाइडेनलाई बधाई दिने बताएका छन् ।

रुसी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा पुटिनले औपचारिक बधाई दिन ढिलाई गर्दा रुस र अमेरिकाको सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् ।

यद्यपि, दुबै देशबीचको सम्बन्धमा पहिले देखि नै तनावको स्थिती छ ।

तर राष्ट्रपति डोनल्ड ट्रम्प सधैं पुटिनको तारिफ गरिरहन्छन् र उनीमाथि राष्ट्रपति बन्न रुसको मद्दत लिएको आरोप पनि लागेको छ ।

पुटिनले के भने ?

पुटिनलाई ‘बधाई नदिएर दुई देशबीचको सम्बन्ध खराब त पारिरहनुभएको छैन’ भनेर प्रश्न सोधिएको थियो ।

यो प्रश्नको जवाफमा उनले भने, ‘जुन सम्बन्ध पहिले देखि नै खराब छ भने अब के खराब होला ।’

पुटिनले भने, ‘हाम्रो दुबैसँग सम्मानजनक सम्बन्ध छ । निवर्तमान राष्ट्रपति ट्रम्प र नव–निर्वाचित राष्ट्रपति जो बाइडेन दुबैसँग सम्मानजनक सम्बन्ध छ । हामीलाई कसैसँग कुनै समस्या छैन । यो एक औपचारिक मामला हो । हाम्रो कुनै लुकेको एजेन्डा छैन । मलाई लाग्दैन कि औपचारिकता निभाउन हतार गर्दा खराब भएको सम्बन्ध राम्रो हुनेछ ।’

पुटिनले भने, ‘संसारका अन्य जुन नेताले बधाई दिएका छन् उनीहरु सबै अनुभवी छन् र उनलाई थाहा छ कि कहिले के गर्नुपर्छ ।’

रुसी राष्ट्रपतिले थपे, ‘पछिल्लो पटक पनि सबैले हिलेरी क्लिंटनलाई बधाई दिएका थिए तर ट्रम्पले जितेका थिए । ’

राजनीतिक संघर्ष रोकिँदासम्म प्रतिक्षाः

पुटिनले आफू अमेरिकी जनताले चुनेका कुनै पनि राष्ट्रपतिसँग काम गर्न तयार भएको बताए । तर महत्वपूर्ण भोटको गन्ती हुञ्जेल र घरेलु राजनीतिक संघर्ष समाप्त नहुँदासम्म प्रतिक्षा गर्नुपर्ने उनले बताए ।

पुटिनले भने, ‘अमेरिकी जनताको जो सुकै राष्ट्रपतिमा विश्वास हुन्छ हामी उनीहरुसँग काम गर्न तयार छौं ।’

अमेरिकामा तीन नोभेम्बरमा चुनाव भएको थियो । चुनावी नतिजामा ट्रम्पका प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई बिजेता घोषित गरिएको छ ।

तर ट्रम्प यो मान्न तयार नै छैनन् । ट्रम्पले भोटको गन्तीमा धोका भएको बताइरहेका छन् । कतिपय राज्यमा मतगणना अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!