हिपमत डटकम

आइतबार, मंसिर ०७, २०७७ || 831  पटक पढिएको

काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । काठमाडौंमा काली पराजुलीलाई पठाइएको छ । काठमाडौंमा हाल कार्यरत जनकराज दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा प्रेम भट्टराईलाई सरुवा गरिएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार सूर्य सुवेदीले रातोपाटीलाई बताए ।

भक्तपुरमा हाल कार्यरत सिडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयले धनुषाको प्रमुख जिल्ला अधिकारीमा बन्धु बाँस्तोलालाई सरुवा गरेको छ ।

बाँस्तोला डडेलधुराको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । भक्तपुरमा सरुवा भएका सिडिओ भट्टराई चाहिँ धनुषामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!