हिपमत डटकम

आइतबार, मंसिर ०७, २०७७ || 1192  पटक पढिएको

फोक्सोले हाम्रो शरीरमा थुप्रै काम गर्छ । हामीमध्ये धेरैजसो मानिसहरु शरीरको यो विशेष अंगलाई खासै ध्यान नै दिँदैनौं । तर वास्तवमा यसको विशेष ध्यान दिनुपर्छ ।

वायु प्रदुषण, चुरोटको धुँवा र अन्य विषाक्त पदार्थमा सास फेर्दा फोक्सोमा क्षती हुन्छ जसका कारण थुप्रै स्वास्थ्य समस्या निम्तिन सक्छ । तसर्थ शरीरका अन्य अंगलाई स्वस्थ राख्नका लागि फोक्सोलाई स्वस्थ बनाउन निकै आवश्यक छ । हुन त फोक्सो आफैं सफा त हुन्छ तर पनि हामी केही यस्ता काम गर्न सक्छौं जसले यसलाई उत्कृष्ट तरिकाले काम गर्न मद्दत गर्छ । यस्ता थुप्रै तरिका छन् जसको मद्दतले तपाईं फोक्सोलाई प्राकृतिक रुपमा नै सफा गर्न सक्नुहुन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

स्टिम थेरेपीः
स्वास्थ्य विज्ञका अनुसार फोक्सोलाई प्राकृतिक रुपमा सफा गर्नका लागि स्टिम थेरेपीले निकै प्रभावशाली तरिकाले काम गर्छ । यसले तपाईंको वायुमार्ग खोल्न र फोक्सोमा भएको खकार बाहिर निकाल्न सहयोग गर्छन । यसो गर्दा तपाईंको फोक्सो सफा हुन्छ ।

एयर प्यूरिफायरको प्रयोग गर्नुहोस्ः
स्वास्थ्य विज्ञका अनुसार यदि तपाईं आफ्नो फोक्सो सफा गर्न चाहनुहुन्छ भने तपाईंले सबैभन्दा पहिला आफ्नो घरको हावाको गुणस्तरमा ध्यान दिनुहोस् । तपाईंले आफ्नो घरको हावाको क्वालिटी सुधारेर आफ्नो फोक्सोलाई सफा गर्न सुरुवात गर्न सक्नुहुन्छ । यसका लागि तपाईं एयर प्युरिफायर खरिद गर्नुहोस् र त्यो आफ्नो घरमा राख्नुहोस् ।

ब्रिदिङ एक्सरसाइजको सहारा लिनुहोस्ः
यो पनि फोक्सो सफा गर्ने एक राम्रो तरिका हो । तपाईं केही ब्रिदिङ एक्सरसाइजमार्फत् आफ्नो फोक्सोको कार्यमा सुधार गर्नसक्नुहुन्छ । विशेषगरी तपाईं धुम्रपान गर्नुहुन्छ भने तपाईंलाई फोक्सोसम्बन्धि विभिन्न रोग लाग्नसक्छ । यस्तो अवस्थामा ब्रिदिङ एक्सरसाइजले तपाईंको फोक्सोलाई सफा गरेर त्यसको कार्यक्षमतामा सुधार गर्नेछ ।

ग्रीन टीको सेवनः
तपाईंलाई सायद थाहा छैन, ग्रीन टी तपाईंको फोक्सोका लागि असाध्यै फाइदाजनक छ । वास्तवमा ग्रीन टीमा थुप्रै एन्टिअक्सिडेन्ट हुन्छ जसले फोक्सो सुन्निन कम गर्न मद्दत गर्छ ।

यी प्राकृतिक तरिकाले फोक्सोलाई तपाईं धुँवाको संक्रमणको हानिकारक प्रभावबारे पनि बचाउन पनि सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!