हिपमत डटकम

सोमबार, मंसिर ०१, २०७७ || 719  पटक पढिएको

जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले बिहारको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार राजभवनमा सातौ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को आइतबार बसेको बैठकले नीतीशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेसँगै उनी सातौंपटक विहारको मुख्यमन्त्रीको बन्ने बाटो खुला भएको थियो ।

नीतीशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन् । यस्तै रेणु् देवीले पनि मन्त्रीको सपथ लिएकी छन् । हालसम्म कसको बरियता के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुबै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ । दुबै मन्त्री नीतीशकुमार निकट मानिन्छन् ।

उनको सपथसँगै क्याबिनेटमा १४ जनालाई मन्त्री बनाइएको छ ।

यसैबीच सपथग्रहण समारोहमा राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादव सहभागी नभएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!