हिपमत डटकम

शनिबार, कार्तिक २९, २०७७ || 878  पटक पढिएको

अमेरिकामा राष्ट्रपति चुनावको नतिजा आइसकेको छ । जो बाइडेनले चुनाव जित्ने लगभग निश्चित भइसकेको छ । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने अहिलेसम्म आफ्नो हार स्विकार गरेका छैनन् । अब फक्स न्यूजको एक खबरमा बताइए अनुसार ह्वाइट हाउसमा बाइडेनको स्वागतको तयारीको साटो ट्रम्पको दोस्रो कार्यकालको तयारी गरिँदैछ । अमेरिकामा २० जनवरीमा राष्ट्रपति पदको शपथ ग्रहण कार्यक्रम छ ।

यसैबीच राष्ट्रपति ट्रम्पले शुक्रबार प्रशासनमा को रहन्छ, यसको प्रतिक्षा गर्नुहोस् भनेका छन् । यद्यपि, उनले यसबारे थप जानकारी भने दिएका छैनन् ।

सल्लाहकारले के भने ?

फक्स बिजनेस नेटवर्कसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पका व्यापार सल्लाहकार पिटर नेवारोले भने, ‘ह्वाइट हाउसले यो मानिरहेको छ कि राष्ट्रपतिको पदमा डोनल्ड ट्रम्प नै आसिन हुनेछन् र उनले आफ्नो दोस्रो कार्यकाल सुरु गर्नेछन् । यो मान्यता हामी सबैको छ । यसैलाई मध्यनजर गर्दै तयारी सुरु गरिँदैछ । ’

के कुराको प्रतिक्षा ?

नेवारोले थपे, ‘हामी चाहन्छौं कि भेरिफाइड र सर्टिफाइड मतको मात्रै गणना होस् । चुनावी धाँधलीको अनुसन्धान गरियोस् र यसबाहेक जे आरोप लागिरहेको छ त्यसको तस्बिर स्पष्ट होस् । ’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!