हिपमत डटकम

बिहिबार, कार्तिक २७, २०७७ || 719  पटक पढिएको

संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले पत्रकारहरुमाथि हुने गरेको हमलाको कडा रुपमा निन्दा गरेका छन् । उनले यसरी प्रेसमाथि भएको हमलाको निन्दा गर्दै यस्तो हमला तत्कालै रोकिनुपर्ने बताए । साथै उनले यसरी पत्रकारलाई हमला गर्ने तथा हत्या गर्ने व्यक्तिहरुमाथि कानुन बमोजिम कडा कारबाही गर्न पनि माग गरे ।

महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्ति प्रकाशन गर्दै सो कुरा बताएका हुन् । उनले पत्रकारको हत्या गर्ने व्यक्तिलाई कडा कारबाही नगर्दा यसबाट दण्डहीनता बढेको र जसका कारण पत्रकारको हत्या नरोकिएको पनि बताएका छन् ।

सो विज्ञप्तिका अनुसार सन् २०१८ देखि २०१९ सम्मको अवधिमा युनेस्कोले दिएको एक तथ्याँकमा ६७ जना पत्रकारको हत्या भएको थियो । ती पत्रकारहरुको हत्या सशस्त्र द्धन्द्ध भएका देशमा यसैसँग सम्बन्धित घटनाका कारण भएको पाइएको थियो ।

युनेस्कोले दिएको जानकारीमा तीमध्ये २३ जना पत्रकार त युद्धको समाचार संकलनकै क्रममा ज्यान गएको थियो । कतिपय पत्रकारलाई युद्धको समाचार संकलनका क्रममा हत्या गर्ने गरिएको पाइएको छ भने कतिपयलाई भने युद्धका नाममा हत्या गर्ने गरिएको छ भन्दै महासचिव गुटर्रेसले जे जस्तो गरेर भए पनि पत्रकारको हत्या गर्ने गरिएकोले हत्यामा संलग्नहरुलाई कडा कारबाही गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!